Powered By Blogger

Tuesday, April 13, 2010

छुट्यो साथ बन्यो जीवन

उड़्दै थिए म आकाशमा चन्द्रमा छुने लक्ष्य लिएर
कल्पनाको सागरमा डुब्दै थिए म वास्तविकताको रसलाई पिएर
तर कसैले मेरो पखेटा समतिदियो
मलाई बिचैमा भूलाईदियो
अड्किएँ म अल्मलिएँ
यता हेर्न थालेँ उता हेर्न थालेँ
अब त म आँफैलाई भुल्न गएछु
स्वाभिमानको धाक लगाउने
त्यसबेला लाचार भएछु

रोंए म कराएँ छट्पटिन थालेँ
तर साथ दिने कोही थिएन
उसले मलाई छोड़्दैछोडेन
मेरो बिन्ती सुन्दै सुनेन
ऊ म संगै भएपनि म एक्लो भए
जेहोस समय बित्दै जाँदा म ऊ संग रमाउन थालेँ
मेरो लक्ष्य बदालियो
जीवनको भबिस्यलाई नियालीसकेको म
बर्तमान लाई मात्र देख्न थालेँ
बर्तमानमा नै भुल्न थालेँ
मेरो सोंचाईमा परिवर्तन आउन थाल्यो
उड्न भुल्न थाले
उसले मेरो पखेटा बिस्तारैबिस्तारै रेट्यो
त्यहीपनि मैले थाहा पाइन
उसले मलाई बिख खुवाउँदै गयो
त्यहीपनि मैले मेसो पाइन
जीवन ले नयाँ मोड लिइरहेको बेला
उसले मलाई एक्कासी छोडिदियो
अनि म जस्तै अरु कसैलाई समत्यो
उसको पनि हाल मेरो जस्तै भयो

म हेरेको हेरै भए
अनि आफैलाई धिक्कानॅ थाले
म न्यास्रियें रोई कराइ गर्न थाले
तर फेरी केही दिन पछि ममा नयाँ उत्साह र उमंग थापियो
मेरो पखेटाहरू बिस्तारै पलाउन थाले
मेरो रगत फेरी उम्लिन थाल्यो
अनि म फेरी चन्द्रमा मात्र होइन तारा छुने लक्ष्य लिएर उडेँ
टाडा उडेँ धेरै टाडा ऊ भन्दा धेरै टाडा
ऊ चाँही त्यही बस्यो अरु कसैलाई समातेर
पछि बल्ल उसले मलाई सम्झेर कराउन थाल्यो
ऊ चिच्याउन थाल्यो
तर त्यसबेलासम्म धेरै ढिला भइसकेको थियो
उसको पुकारलाई सुन्ने मेरो फुर्सद थिएन
त टाडा पुगिसकेको थिए
चन्द्रमा र तारालाई छोउसकेको थिए
दुनिया मेरो पछि लाग्दैथियो
म चाँहि अर्कै दुनियाबाट यो दुनिया राज गरिरहेको थिए
उसले मलाई कहील्यै भोट्टाउन सकेन
यत्तिकैमा बिलीन भायो
म एक्थोपा आंसू झानॅ बाहेक अरुकेही गर्न सकिन
एतिबेला मेरो काँधमा अरु कसैको साथ थियो अरु कसैको हात थियो .......